छाना फोडेर मोबाइल पसलमा चोरी

काठमाडौँ, २४ पौष । काठमाडौँको पेप्सीकोलामा रहेको एक मोबाइलमा पसलमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कटौना गाउँपालिका–९ घर भई हाल पेप्सीकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डल रहेका छन् । 

मण्डलले गत मंसिर १४ गते राति एक्टिभ मोबाइल पसलको छाना फोडेर विभिन्न कम्पनीका २७ थान मोबाइल सेट र घडीहरू चोरी गरेका थिए । प्रहरीका अनुसार चोरी गरिएका सामानको मूल्य ५ लाख ५२ हजार ९ सय रुपैयाँ बराबरको थियो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार घटनाको अनुसन्धान गर्ने क्रममा मण्डललगायत अन्य मानिसहरूले चोरी गरेको खुल्न आएको थियो । कार्यालयबाट खटिएको टोलीले मण्डलाई पुस २२ गते पेप्सीकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गर्न सफल भएको उनको भनाई छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती

काठमाडौँ, २१ मंसिर । अमेरिकी गायिका टेलर स्वीफ्ट लगातार दोस्रो वर्ष स्पोटीफाइमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी बनेकी छन् । स्पोटीफाइले

काठमाडौँ, २० मंसिर । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको

काठमाडौँ, २० मंसिर । चलचित्र ‘पुष्पा–२ : द रुल’ आजबाट रिलिज भएको छ । वर्षकै प्रतिक्षित चलचित्र आजबाट रिलिज भएको हो