१८ हजार पाकेट मार्ने दुईजना पक्राउ

काठमाडौँ, २४ पौष । पाकेटमारीमा संलग्न रहेको आरोपमा काठमाडौँको महाराजगन्जबाट दुईजना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय विष्णु थापा छन् । लामा काठमाडौंको पेप्सिकोलामा र थापा काठमाडौँकै टोखामा बस्दै आएका थिए ।

महाराजगन्ज चोकमा सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रुपैयाँ पाकेटमारी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । कारबाहीका निम्ति उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  

काठमाडौँ, ३ असार । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ । सडक विभागले आज  बिहान ८

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको