नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वारा राजीनामा

काठमाडौँ, २४ पौष । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार एकाएक राजीनामा दिएका हुन् । 

अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया आदि विषयमा विभिन्न खालका विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको बुझिएको छ । यद्यपि टेरामक्स, एमडीएमएसको विषय भने पछिल्लो समय निकै पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :