व्यवस्था फेर्न जनआन्दोलनको तयारी गर्दै छौँ : अध्यक्ष थापा

पोखरा, २४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासकीय व्यवस्थालाई फेर्नका लागि जनआन्दोलनको तयारी गरिएको बताएका छन् । सकेसम्म दलहरूबिच सहमति र सहकार्यमा परिवर्तन गर्ने र नभए जनआन्दोलन गर्न पनि पछि नहट्ने उनको चेतावनी छ ।

उनले भने, ‘यो परिवर्तनलाई संस्थागत गर्न दलहरूबिच सहकार्य हुनुपर्छ । दलहरू तयार हुने हो भने यही संविधानबाट यो परिवर्तनलाई संस्थागत गर्न सकिन्छ,’ ‘यदि सहमति र सहकार्यबाट परिवर्तन नगर्ने हो भने जनआन्दोलन नै अन्तिम विकल्प रहनेछ । राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी समेत गरिसकेको छ ।’ उनले आन्दोलन एउटा पार्टीको मात्रै नभई बृहत् रूपमा अघि बढ्ने बताए ।

‘आन्दोलन एउटा पार्टीको मात्रै नहोस् भनेर वृहत् राष्ट्रिय मोर्चाको अवधारणा अघि सारेका छौँ,’ उनले थपे, ‘देशमा क्रियाशील राष्ट्रवादी, देशभक्त, हिन्दुवादी, राजावादी सबैलाई आह्वान गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०