५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने

काठमाडौँ, २४ पौष । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बताएको छ ।

अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाहित अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बैंकले जनाएको हो । परिस्थितिवश समस्यामा परेका ११ वटा व्यावसायिक तथा ‍औद्यौगिक क्षेत्र समेत केन्द्रीय बैंकले छुट्याएको छ ।

कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेय पदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरू, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडानका क्षेत्र प्राथमिकतामा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । 

काठमाडौँ, ३ फागुन । पशुपति क्षेत्रबाट उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, ३ फागुन । विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ । प्रहरीका

जाजरकोट, ३ फागुन । चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको