महिला पर्यटन व्यवसायी सञ्जालद्वारा हाइकिङ्ग आयोजना

भक्तपुर, २३ पौष । पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्ने मुख्य योजनाका साथ महिला पर्यटन व्यवसायी सञ्जालले हाइकिङ्ग कार्यक्रम आयोजना गरेको छ ।

सञ्जालले आइतवार सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट अनन्तलिङ्गेश्वर हुँदै रिसाल डाँडासम्म हाइकिङ्ग कार्यक्रम गरेको हो । जिल्लाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको उक्त स्थानमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको पहलमा पदमार्ग, भ्युटावर तथा अन्य पर्यटकीय विकास भएका छन् ।

उक्त स्थानमा हाल आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल बढ्दै गइरहेको छ । प्राकृतिक रुपमा मनोरम स्थल रहेको उक्त स्थानबाट काठमाडौँ उपत्यका तथा आसपासका विभिन्न डाँडाकाडाँहरुको दृष्यावलोकन गर्न सकिन्छ । त्यस्तै रिसाल डाँडाबाट २२ वटाभन्दा बढी हिमालहरुको अवलोकन गर्न पाइन्छ ।

धार्मिक तथा सांस्कृतिक स्थलको रुपमा भक्तपुर विशेष परिचित रहेको उल्लेख गर्दै जिल्लालाई पर्यटकीय दृष्टिकोणले समेत रुपमा अगाडी बढाउन सकिने अवस्थालाई मध्यनजर गर्दै हाइकिङ्ग कार्यक्रम आयोजना गरिएको पर्यटन व्यवसायी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरमा पर्यटन क्षेत्रको अथाह सम्भावना र भविष्य रहेको छ । यसले यहाँको विकास र समृद्धिमा मात्र नभई आर्थिक समृद्धिमा समेत ठूलो टेवा पुग्नेछ । सवैजना आ–आफ्नो ठाउँबाट लागे पर्यटनलाई उद्योग र उत्पादनसँग जोडेर असंख्य रोजगारी सिर्जना गर्न सकिन्छ । यो ठाउँ प्राकृतिक रुपमा मनोरम छ, भविष्यमा पर्यटकीय क्षेत्रको ठूलो सम्भावना बोकेको क्षेत्र हो । सम्भावनालाई यथार्थमा रुपान्तरण गर्न हामीले हाइकिङ्ग कार्यक्रम आयोजना गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

विराटनगर, २८ माघ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगेको आरोप लगाएका