नेप्से सूचक ३६ अंकले बढ्यो

काठमाडौँ, २३ पौष । सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३६ अंकमाथिले वृद्धि भएको छ । अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको हो । 

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३७७.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ३.७२ प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोपावर समूहको उपसूचक २.८१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक २.६१ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५६ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२८ प्रतिशतले बढेका छन् । 

यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक १.६० प्रतिशतले बढ्दैगर्दा आज माइक्रोफाइनान्स समूहको उपसूचक १.१७ प्रतिशतले, निर्जीवन बीमा समूह १.४२ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ । बैंकिङ समूहको उपसूचक आज ०.५९ प्रतिशतले बढेको छ । तर म्युचुअल फन्डको उपसूचक भने आज ०.०१ प्रतिशत (झिनो) ले घट्न पुगेको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा यता आजै मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारको सुरु मूल्य ३०९ रुपैयाँ पाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा

काठमाडौँ, ९ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । हरेक वर्ष

काठमाडौँ, ९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले

काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयू लामो नहुने भन्दै आपराधीक कृयाकलापमा संलग्नहरु कार्वाहीको दायरा आउने