एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका दुई उम्मेदवार

काठमाडौँ, २३ पौष । सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ।

सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो । एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । कर्णालीको महिला कोटामा  दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

आइतबार बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको