ईपीएस परीक्षामा थप २० हजारको आवेदन

काठमाडौँ, २३ पौष । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो ।

उच्च  अदालत  पाटनले  शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो ।

उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ ।सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । त्यसमा आवेदन नपरेपछि पुनः २० गतेसम्म समय थप गरेर आवेदन सङ्कलन गरिएको सो शाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४