स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल, २२ पौष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

देवदह नगरपालिका–९ स्थित राजमार्गमा बन्दै गरेको पुलमा लु ६७ प ७००४ नम्बरको स्कुटर दुर्घटनामा देवदह ९ निवासी २१ वर्षका निराजन श्रीसको मृत्यु भएको हो ।

खैरेनी प्रहरी चौकीका अनुसार पुल बनिरहेको ठाउँमा डाइभर्सनबाट जानुपर्नेमा सोझै निर्माणाधीन पुल हुँदै गुडेको स्कुटर १६ फिट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते श्रीसलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९