जाजरकोट भूकम्पपछि सहायता कोषमा २८ करोड जम्मा 

काठमाडौँ, २२ पौष । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रुपैयाँ जम्मा भएको छ । 

हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम जम्मा गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि पुस २० गतेसम्मको अवधिमा उक्त रकम जम्मा भएको हो । 

गत कात्तिक १७ गते जाजरकोट जिल्लामा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किदा १५४ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।