संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १९ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतिपय विषयमा राष्ट्रिय सहमतिको जरूरी पर्ने बताएका छन् ।

आज रामेछापमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको बताएका हुन् ।

उनले भने, ‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ’  ‘अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभामा भागबन्डा गरिरहेको विषय सार्वजनिक भइरहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको