भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ दिने 

काठमाडौँ, १९ पौष । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त घोषणा गरेका हुन् । जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा उक्त रकम खर्च गर्न भारतले अनुदान सहयोगस्वरुप १० अर्ब रुपैयाँ नेपाललाई दिने घोषणा गरेको हो ।

“भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले एक हजार करोड रुपैयाँ (१० अर्ब) नेपाललाई आर्थिक सहायता अनुदान स्वरुप उपलब्ध गर्ने सहमति भएको छ,” परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका