बस दुर्घटना हुँदा ३२ जना घाइते

काठमाडौँ, १९ पौष । वीरगञ्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

आज बिहान करिब पौने ५ बजे वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका