भारतसँग बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता सम्पन्न

काठमाडौँ, १९ पौष । नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको हो । 

ऊर्जा मन्त्रालयका अनुसार सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । 

नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिमरुप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संस्था रहेको समाजवादी प्रेस संगठन नेपालका अध्यक्षसहितका पदाधिकारी एमाले समर्थित प्रेस

पोखरा, ४ माघ । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् ।  अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित

काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताएका छन्  । त्रिभुवन विश्वविद्यालय पत्रकारिता

काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न