जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, १९ पौष । झापा र मोरङबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार झापामा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 यसैगरी मोरङको १० वर्षीया बालिकाकाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका