रेमिट्यान्स सदुपयोग गर्न गाउँमा जाँडरक्सी निषेध

काठमाडौँ, १९ पौष । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा गठन भएको मानेगाउँ वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागीहरुले गाउँमा जाँडरक्सी निषेध गरेका छन् ।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई सही प्रयोग गर्ने उद्देश्यले उनीहरुले गाउँमा जाँडरक्सी निषेध गरेका हुन् । नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत २१ हप्तासम्म वित्तीय साक्षरता कक्षामा बसेपछि उनीहरुले यस्तो काम गरेका हुन् ।

वैदेशिक रोजगारीमा गएका परिवारलाई लक्षित गरी गठन गरिएको समूहमा आम्दानी, खर्च, कर्जा, कर योजना, बीमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्त्वपूर्ण विषयहरूमा छलफल भएपछि उनीहरुले जाँडरक्सी निषेध गर्ने निर्णय हुन् । यो घोषणापछि जनजाति र दलित बस्ती रहेको मानेगाउँमा अब जाँडरक्सी बेचबिखन तथा खान पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको