आजको राशिफल

काठमाडौँ, १९ पौष । आज २०८० साल पौष १९ गते बिहीबारको राशिफल । 

मेष : दिन राम्रो छ। पुरानो धन उठ्नेछ। बोलीमा मिठास हुनेछ। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र राम्रो छ। परिवारमा कुरा नमिल्दा विवाद हुनसक्छ।

वृष : दिन सोचेको भन्दा राम्रो छ। नयाँ ठाउँको भ्रमणले मन शान्त हुनेछ। राजनीतिक क्षेत्रमा खराब व्यक्तिले सताउने योग छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। सोचेका काममा साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा भन्दा वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दैनिकी सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : यात्राका लागि राम्रो दिन छ। पारिवारिक सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्छ। दाजुभाइ र बन्धुबाट सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। सोचेका राम्रा कुराको प्रशंसा हुनेछ। हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ। गुरुको माया प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा मान सम्मान मिल्नेछ।

तुला : दिन राम्रो छ। ढिलासुस्तीले मात्र तपाईंको समय बित्नेछ। व्यापारमा फाइदा मिल्नेछ। परिवारको सहयोग नमिल्ने भएकाले सचेत हुनुपर्छ। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ।

वृश्चिक : आजको दिनमा पन्छीलाई अन्न प्रदान गर्नु राम्रो हुन्छ। आर्थिक क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारमा तनाव हुने देखिन्छ।

धनु : आजको समय सञ्चित धन खर्च हुने योग रहेको छ। प्रतिस्पर्धीले प्रतिवाद नगर्ने भएकाले उन्नति प्रगति हुनेछ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढिने योग छ। सम्पत्तिमा अचानक क्षति हुनसक्छ। व्यापार र वैदेशिक क्षेत्रमा भने सफलता प्राप्त हुनेछ।

कुम्भ : आर्थिक, सामाजिक र वैदेशिक क्षेत्र सबल छन्। दिन त्यत्ति धेरै सहज नभएकाले जुनसुकै काम गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीन : दैनिकी राम्रो छ। मनमा शान्ति मिल्नेछ। आफन्तसँगको लेनदेनले मनमुटाव ल्याउने योग रहेको छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका