राष्ट्र बैंकले २२ करोड ९१ लाख ब्याजमा लगानी गर्ने

काठमाडौँ, १८ पौष । नेपाल राष्ट्र बैंकले झण्डै २३ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकको आफ्नो विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थामा राख्ने भएको हो ।

मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित निक्षेप प्रस्ताव आह्वान गरेको छ ।

सूचना अनुसार कूल निक्षेपमध्ये १८ करोड ३३ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ३ करोड ४४ लाख रुपैयाँ ख वर्गको वाणिज्य बैंक र १ करोड १४ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान