प्रहरीद्वारा ८ लाख बढीको मोबाइल

रौतहट, १८ पौष । रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाइल, सुर्ती र अवैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थानबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको  टोलीले  तल्लो बजार स्थित चपुर गौर सडक खण्डमा  चेकजाँच गर्ने क्रममा गौरबाट  चन्द्रनिगाहपुरतर्फ आएको  बसको डिक्कीमा  ३ ओटा बोरा भित्र रहेको कार्टुनमा विभिन्न कम्पनीहरूको मोबाइलहरू फेला परेको थियो। बरामद ३८७ थान मोबाइल कुल आठ लाख अठार हजार नौ सय छ रुपैयाँ मूल्याङ्कन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

त्यस्तै प्रहरी चौकी औरैया र प्रहरी चौकी मठिया महुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले  ईशनाथ नगरपालिका ३ र ४  स्थित चेकजाँच गर्ने क्रममा मधेस प्र।०३(०२४प।३०३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल १ थान र  सुर्ती २०८ किलो बरामद गरेको छ। दुई लाख चार हजार मूल्याङ्कन सहित मोटरसाइकल र सुर्ती आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको एसपी  श्रेष्ठले बताएका छन्। उता  बृन्दावन नगरपालिका ८ बरगजवा टोल स्थित बाटोको छेउमा  परालमुनि लुकाई छिपाई राखेको अवस्थामा पाँच थान गोलिया काठ मंगलवार साँझ प्रहरीले बरामद गरेको छ।

४० क्युबिफिट एक लाख बिस हजार  बराबरको सालको काठ आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । सरकारले ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने