पानीजहाज निर्माणमा सहभागी परीक्षार्थीले फारम भर्ने समय २ दिन थप

काठमाडौँ, १८ पौष । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् ‘शिप बिल्डिङ’ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएकाे विभागले निकालेकाे सूचनामा उल्लेख छ ।

यसअघि यही पौष १३ गते जारी सूचनामा पौष १६ देखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पौष २० गतेसम्म फारम भर्न पाउने छन् ।

विभागले पौष १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा भएकाे घटनामा दुई जनाकाे ज्यान गएकाे र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न शुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

काठमाडौँ, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । आज गण्डकी