आजको मौसम

काठमाडौँ, १८ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजे ५५ मिनेट र सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन