वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ : मन्त्री साउद

काठमाडौँ, १७ पौष । परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् ।

क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे । मन्त्री साउदले भने, “वैदेशिक लगानीलाई सहजीकरण गर्ने विषयमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन ।” सो अवसरमा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो । 

क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टेक्सटायल र जलविद्युत्का क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताएका थिए । क्यानडा–नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष चाव्दाले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान