काठमाडौँ, १७ पौष । सातको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ ।
आज नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर तीन अर्ब ९९ करोड ७X३ लाख ८३ हजार ३१४ रुपैयाँमा किनबेच भएको छ ।
यसदिन १३ वटै उपसमूहको समूहगत सूचक घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ । चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ ।