कान्तिपुर पब्लिकेसनविरुद्ध रविले दायर गरे मुद्दा 

काठमाडौँ, १७ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा दायर गरेका छन् । 

काठमाडौँ जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्दा दायर गरेका हुन् । लामिछानेले आफू कुनै सहकारीको सञ्चालक सेयर होल्डर, बचतकर्ता, सदस्य लगानीकर्ता, खातावाल केही पनि नभएको भन्दै रकम राख्ने/झिक्ने काममा पनि संलग्न नरहेको दाबी गरेका छन् । उनले नियोजित रूपमा आफूविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा हालेको बताएका छन् । 

सामाजिक सञ्जालमा तारिख पर्चासहित सार्वजनिक गरेका रविले आफू जीवनभर प्रेस स्वतन्त्रताका पक्षमा लड्ने उद्घोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन