१६ जना जुवाडे पक्राउ

काठमाडौँ, १७ पौष । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँका विभिन्न ठाउँबाट १६ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९, गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत आठजनालाई पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सोमबार राति उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–१७, कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत आठजनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ६२ हजार ९०० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको