परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि आवेदन माग

काठमाडौँ, १७ पौष । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा आवेदन माग गरिएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै  कार्यकारी निर्देशक पदमा आवेदन माग गरेको हो । खुला प्रति‚पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले माघ २ गतेभित्र कार्यालय समयमा परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दी आवेदन दिन भनिएको छ । मन्त्रालयले अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक योग्यता तोकेको छ ।

जसमा ६५ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको,  उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान