आजको राशिफल

काठमाडौँ, १७ पौष । आज २०८० साल पुस १७ गते मंगलबारको राशिफल ।

मेष : दिन राम्रो छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ। मनमा शान्ति र उमंग छाउने छ। पारिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन सामान्य छ। भोलि भनेर काम रोक्नु घाटा हुनेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। अन्य सबै क्षेत्र सामान्य छ।

मिथुन : दिन राम्रो छ। काममा सफलता प्राप्त हुन्छ। छिटो बोल्दा पश्चाताप गर्नुपर्ने भएकाले सोचेर बोल्नुहोला। वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

कर्कट : पिपलको रुखको दर्शन गरेर कामको सुरुवात गरेमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

सिंह : दिन राम्रो छ। तपाईंका योजनामा कुनै अवरोध हुने छैन। प्रतिस्पर्धी कमजोर हुनेछन्। नयाँ योजना बोकेका साथीसँग भेट भएमा सुखमय दिन हुनेछ। परिवारिक मनमुटा भने हुनसक्छ।

कन्या : आफ्नो काम आफै गर्नुपर्ने हुन्छ। अर्काको भर पर्नुभयो भने समस्याको सुरुवात हुनसक्छ। नसोचेका मान्छेको साथ र सहयोग प्राप्त हुनसक्छ। पारिवारिक सम्बन्ध राम्रो छ।

तुला : दिन राम्रो छ। सोचेको काम बन्नेछ। सबै क्षेत्रमा बनाएका योजना सफल हुनेछन्। अचानक शुभ खबर सुनेर उत्साह प्राप्त हुनसक्छ। यो खबरले परिवारमा खुशी मिल्नेछ।

वृश्चिक : समय सामान्य छ। आफूले गरेको कामको जस अरुले लिएर अपजस तपाईंमाथि आइलाग्न सक्छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा राम्रो परिणाम प्राप्त हुनेछ।

धनु : आज गरेका काम सफल हुनेछन्। आर्थिक क्षेत्र सबल हुनेछ। राजनीति क्षेत्रमा असफल हुन सकिन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ प्राप्त हुनेछ।

मकर : बन्धुबाट सहयोग हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सामान्य छन्। पुरानो लगानी उठ्ने सम्भावना रहेको छ।

कुम्भ : स्वयम्सेवक बन्नुपर्ने छ। गाडी, मेसिन, हतियार र कुकुरसँग सचेत हुनुपर्ने देखिन्छ। पिपलको दर्शन गरेमा सबै काम बन्ने योग रहेको छ।

मीन : दिन राम्रो छ। वैदेशिक क्षेत्रबाहेक सबै क्षेत्रमा अवरोध हुनेछैन। व्यापारमा फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुन्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेममा सफलता प्राप्त होला।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका