वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समकालीन दल र तिनका नेता कुनै न कुनै रूपमा वीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार गरेको कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले उच्चतम राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक गणतन्त्र मात्र भएको भन्दै यसमाथि प्रश्न उठाउनु कहीँ न कहीँ निरंकुशताको पक्षधरता हुने बताए । तर उनले यो कुरालाई जुन गम्भीरताका साथ जनतामा लानुपर्ने थियो त्यसमा आफूहरूले आत्म समीक्षा गर्नै पर्ने भएको बताए ।

‘हामी सबै समकालीन दल र नेताहरू कुनै न कुनै रूपमा वीपीको स्कुलबाट दीक्षित हौँ । यो भन्न अब कसैले अप्ठेरो मान्नुपर्ने रहेन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘देशमा अहिले लोकतन्त्र र गणतन्त्र विरोधी भाष्य बनाउने जमर्को गर्ने दुस्साहस किन देखा परेको छ ? भन्दा हामीले यो विषयमा कहीँ न कहीँ आत्मसमिक्षा गर्नुपर्ने भएको छ । हामी आफैलाई विकास सम्मृद्धिको आकाङ्क्षाअनुसार ढाल्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका