चौलागाई प्रतिष्ठानको १०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, १६ पौष । चौलागाई प्रतिष्ठानले आफ्नो १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ घ्याम्पेडाँडामा प्रतिष्ठानको केन्द्रीय समितिको आयोजना गरेको १०औं वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष डा. रमेश चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि होमकान्त चौलागाई रहनुभएको थियो । प्रतिष्ठानका प्रमुख सल्लाहकार तथा कानुनविद् समेत रहनुभएका चौलागाईले प्रतिष्ठानको काम, कर्तव्य तथा योजनाहरु उत्साहजनक रहेको उल्लेख गर्दै चौलागाईको बंशावली खोजि गरी लिखित दस्तावेजको रुपमा तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशेष अतिथि कोशी प्रदेशका अध्यक्ष उत्तम बहादुर चौलागाई, कानुन विद् तथा केन्द्रीय सल्लाहकार नारायण चौलागाई, अतिथिहरुमा पूर्वन्यायाधिस भोला चौलागाई, विमल चौलागाई, डा. नारायण चौलागाई, धुलिखेल नगरपालिकाको पूर्वउपमेयर विमला चौलागाई रहनुभएको थियो । प्रतिष्ठानका तृतीय उपाध्यक्ष गोविन्द चौलागाईको संयोजनमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानका प्रथम उपाध्यक्ष देवेन्द्र चौलागाईले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपमहासचिव बाबुराम चौलागाईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । स्वागत मन्तव्य राख्दै प्रथम उपाध्यक्ष चौलागाईले प्रतिष्ठानले २४ वर्ष पुरा हुँदा हालसम्म १९ जिल्ला, कोशी प्रदेश तथा सयौंको संख्यामा स्थानीय कमिटीहरु बनिसकेको जानकारी दिनुभयो । प्रतिष्ठानले देश तथा विदेशमा रहनु भएका चौलागाईहरुको एकता, सहकार्य र सद्भावको सन्देश दिइरहेको बताउनुभयो । प्रतिष्ठानले ऐतिहासिक तथ्याङ्क, रितिरिवाज, वंश, परम्परा, संस्कृतिको संरक्षणलगायतका कार्यहरु गरेको चर्चा गर्दै उहाँले नौ सय आजीवन सदस्य, ५९ जना विशिष्ठ आजीवन सदस्य बनिसक्नुभएको जानकारी दिनुभयो ।

साधारणसभामा प्रतिष्ठानका महासचिव दिपक चौलागाईले प्रतिष्ठानको प्रगतिहरु सार्वजनिक गर्दै आगामी दिनका नीति तथा कार्ययोजनाहरु प्रस्तुत गर्नुभयो । त्यस्तै कोषाध्यक्ष चन्द्रमणी चौलागाईले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।

कार्यक्रममा आजीवन सदस्यता वितरण गरिएको छ । कोशी प्रदेश चौलागाई प्रतिष्ठानले अनावरण गरेको भारध्वज ऋषीको शालिक निर्माण गर्न सहयोग गर्नेलाई सम्मान पत्र प्रतिष्ठानका प्रदेश अध्यक्ष उत्तम बहादुर चौलागाईले वितरण गर्नुभयो । वार्षिक साधारणसभा सम्पन्न भएसँगै प्रतिष्ठानकै आयोजनामा वनभोज कार्यक्रम समेत आयोजना गरिएको थियो । प्रतिष्ठानले वार्षिक रुपमा बनभोज कार्यक्रम आयोजनाहरु गरिरहेको जनाइएको छ । कार्यक्रममा देशभरको करिव दुई सय जनाको उपस्थितीमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको