बालकुमारी घटनामा तीन जना मन्त्रीमाथि छानबिन हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ, १६ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटनामा तीन जना मन्त्रीमाथि उच्चस्तरीय न्यायिक आयोगले छानबिन गर्नुपर्ने बताएका छन् ।

आज बसेको संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री, गृहमन्त्री र श्रम मन्त्रीमाथि छानबिन हुनुपर्ने बताएका हुन् । उनले भने, ‘नेपाली कांग्रेसले न्यायिक छानबिन समितिको माग गरेको थियो । सरकारले बनाउने नियमित समितिले हुँदैन न्यायिक समिति चाहिन्छ भन्ने हाम्रो माग थियो,’ ‘उच्चस्तरीय न्यायिक आयोग बनेको छ । त्यसले तीन जना मन्त्रीमाथि छानिबन गर्नुपर्छ ।’

मन्त्रीको राजीनामा नैतिक विषय भएको भन्दै समितिमा उठेका विषय न्यायिक आयोगले समेट्नुपर्ने बताए । ‘छानबिन त्यतातिर जाला कि नजाला ? हामीले ताकत, बल यहाँनिर दिनुपर्छ । हामी सचेत पनि रहनुपर्छ । किन कि तीन वटा राजनीतिक नेतृत्वबारे कुरा छ ।’ भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गम्भीर लापरबाहीले दुई जनाको ज्यान जाने परिस्थिति निर्माण भएको थापाको भनाइ छ । ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै मन्त्रीजीले जबरजस्ती गरेको भन्ने छ । यो चरम लापरबाही हो । हेपेको हो । एउटा सामान्य व्यक्तिले गर्ने लापरबाहीको त कत्रो मूल्य चुकाउनुपर्छ भने यत्रो ओहदामा बसेको मान्छेले लापरबाही गर्दा यत्रो दुर्घटना भयो,’ उनी भन्छन्, ‘दुई जना केटाहरूको ज्यान गयो भन्ने मलाई लाग्छ । समितिले मन्त्रीको लापरबाही हेर्छ कि हेर्दैन ? लापरबाही हो भने दण्ड हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका