तरुल खोज्न गएका युवाको हत्या

पर्वत, १६ पौष । पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । 

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए । अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन्  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका