गृह प्रशासनले बालकुमारीमा दुई युवाको हत्या गर्‍यो : सांसद लामिछाने

काठमाडौँ, १६ पौष । रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् ।

आज संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका हुन् ।

‘तपाईँलाई म स्पस्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्यो’, उनले उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको बताए । ‘पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो ? त्यसमा पनि तपाईँहरुको गोलमटोल जवाफ छ’, उनले आदेश नै विना प्रहरीले दिनदहाडै मार्ने हिम्मत नगर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक