आजको राशिफल

काठमाडौँ, १६ पौष । आज २०८० साल पुस १६ गते सोमबारको राशिफल ।

मेष : दिन सामान्य राम्रो छ। गुरुसँग वादविवाद हुनसक्छ। राम्रो कामको थालनी हुने दिन छ। इष्टमित्रले सहयोग गर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ ।

वृष : समय राम्रो छ। नयाँनयाँ ठाउँमा यात्रा हुने योग छ। व्यापारमा ठगबाट सचेत हुनुपर्छ। आम्दानी र खर्च बराबर भए पनि परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नसक्छ।

मिथुन : तपाईंका लागि आजको दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता हात पर्ने छ। चिट्ठा र शेयरमा लगानी गरेको भए फाइदा हुन्छ। परिवारमा धेरै बहस नगर्नु राम्रो हुन्छ। तर्कका कारण विवाद हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। सहयोग गर्ने भन्दा कुरा काट्ने साथी सक्रिय हुन्छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। साथीभाइसँगको सम्बन्ध राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा विवाद हुने योग छ। परिवारमा भने खटपटी हुनसक्छ। सोचेर बोल्नु राम्रो हुन्छ।

कन्या : दिन सामान्य छ। शनिदेवको छाया परेकाले शिवको ध्यान गर्नु राम्रो हुन्छ। पुराना समस्याको समाधान हुने योग रहेको छ। जस्तोसुकै परिस्थितिमा पनि परिवारको सहयोग रहनेछ।

तुला : दिन त्यत्ति राम्रो छैन। जुनसुकै काम गर्न खोजे पनि बाधा आइपर्ने देखिन्छ । सत्यको विजयी हुने भएकाले तपाईंको जित निश्चित छ। आफ्नै कारण परिवारमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।

वृश्चिक : आफ्नै बोलीका कारण मित्रहरु टाढिने खतरा हुनसक्छ। थोरै तर अर्थपूर्ण बोल्नु राम्रो हुन्छ। परिवारबाट असहयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपटी आउनसक्छ।

धनु : दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। परोपकारको कार्य गर्दा प्रशंसा प्राप्त हुन्छ। समय राम्रो भएकाले आँटेको काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्ने देखिन्छ।

मकर : दिन राम्रो छ। सबै पक्ष सबल छन्। वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारबाट धोका हुने योग रहेकाले घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्छ।

कुम्भ : बोलीकै कारण आलोचना हुनसक्छ। गल्ती गरेर माफी माग्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। प्रेममा भने सफलता आइलाग्न सक्छ।

मीन : ठुलो काममा सहभागी नहुनु राम्रो हुन्छ। हरेक क्षेत्र कमजोर भए पनि परिवारको साथ मिल्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथले उत्साह मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका