काठमाडौँ, १५ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् ।
आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औं वार्षिकोत्स्वका अवसरमा बोल्दै उनले पटकपटक निगमको यो सेवा खोस्ने कोसिस नगर्न प्राधिकरणलाई चेतावनी दिए ।
‘राज्यले तपाईंहरुलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीपूर्वक गर्नुहोस्, नेवानिले पाएको अधिकार खोस्ने कुरा पटक-पटक नगर्नुहोस्,’ उनले भने, ‘म चेतावनी दिन चाहन्छु,अब यो कुरा उठेमा त्यो राज्यको नीति माथी नै प्रश्न हुनेछ ।’