तमु ल्होसारले धर्म, संस्कृति र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : सभापति देउवा

काठमाडौँ, १५ पौष । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नोे व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

सभापति देउवाले तमु जातिले नयाँ वर्षको रुपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताए । यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने उनले आज जारी गर्नुभएको सन्देशमा उल्लेख छ । सन्देशमा उनले तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण