नेप्से परिसूचक ३५ अंकले बढ्यो

काठमाडौँ, ४ पौष । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से  ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार नेप्से २७.७५ अंकले बढेको थियो । बुधबार ११ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने, दुई वटा होटेल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहमा गिरावट आएको छ । 

आज एक करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर सात अर्ब ९५ लाख ७५ हजा १७६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचको स्थिर छ । 

११ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सर्वाधिक ३.८२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।