काठमाडौँ, ४ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । यस्तै आज रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।