नेप्से सूचक झण्डै ४६ अंकले बढ्यो

काठमाडौँ, ३ पौष । परिसूचक नेप्सेमा आज ४५.९८ अंकले बढेर २१०६.४८ अंकमा उक्लिएको छ । अघिल्लो नेप्से सूचक ३६ अंकमाथिले बढेको थियो । 

आज नेपाल रिपब्लिका मिडियासहित ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नत सहकार्य लघुवित्र वित्तीय संस्था, शिभम् सिमेन्ट, नेपाल रिपब्लिका मिडिया, घोराही सिमेन्ट इन्ड्रष्ट्री, हाथ्वे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनिरल एण्ड आयालको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

आज १३ वटै उपसूचक धनात्मक हुँदा हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक ४.७४ प्रतिशतले बढेको छ । ४४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव

काठमाडौँ, १९ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १९ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, १९ मंसिर । आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल ।  मेष : सञ्चित धन खर्च हुने जाेखिम छ