काठमाडौँ, ३ पौष । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक)ले मंगलबार थप १० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले गत आइतबार निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तानेको थियो ।
बैंक तथा वित्तीय संस्थामा झन्डै ६ खर्ब रुपैयाँ बराबरको तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत एकपछि अर्को गर्दै निक्षेप तानिरहेको छ ।
तीन दिनको अन्तरालमा केन्द्रीय बैंकले २० अर्ब तरलता प्रसोचन गर्ने भएको छ । बैंकको सूचना अनुसार २०८० पुस ३ गते अपराह्न २ बजे अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत १० अर्ब रुपैयाँ निक्षेप संकलनको बोलकबोल हुनेछ । उक्त निक्षेप संकलनको आजै निष्कासन हुने समेत केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।