दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनगढी, ३ पौष । कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हुलाकी सडकखण्ड अन्तरगत कैलारी गाउँपालिका–७ को बर्का बसन्तामा बा ८१ प ४२९८ र से ५ प ४७७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको हो । कैलारी गाउँपालिका–५ का स्थानीय चौधरी बा ८१ प ४२९८ नम्बरको मोटरसाइकलका चालक हुन् । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका से ५ प ४७७४ नम्बरको मोटरसाइकल चालक भजनी नगरपालिका–५ बस्ने २६ वर्षीय बिरबहादुर चौधरी र पछाडि सवार २८ वर्षीय राजेश डगौराको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो