मकवानपुर, ३ पौष । प्रहरीले ‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा लिएको छ ।
आज बिहान करिब पौने ५ बजे हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट उक्त गाडी नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
प्याज ‘लोड’ गरिएको म.प्र.०३–००१च ७७८० नम्बरको बोलेरो पिकअप गाडी सर्लाहीबाट काठमाडौँतर्फ आउँदै थियो । उक्त प्याजको बिलमा १२ किलो र मूल्य ५५ हजार ८०० रुपैयाँ उल्लेख रहेको प्रहरीले जनाएको छ । बिलका विषयमा शंका लागेर प्याससहित गाडीलाई नियन्त्रणमा लिई प्रहरीचौकी रातोमाटेमा राखिएको जानकारी गराइएको छ ।