भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ, ३ पौष । रुपन्देहीको करैया सामुदायिक वनबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–१० गैरीगाउँ का ४८ वर्षीय कर्णबहादुर परियार र त्यही ठाउँको चरङ्गेका ४२ वर्षीय दिपक परियार रहेका छन् ।

तिलोत्तमा नगरपालिका–११ मा रहेको करैया सामुदायिक वनबाट उनीहरुलाई २ नाल भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिजो पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने