डा. गोविन्द केसीले तोडे तीनदिने अनशन

काठमाडौँ, २ पौष । डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् । 

स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेकाउनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन् । केसी धनगढीस्थित सेती अस्पतालमा केहीदिन भर्ना भएर उपचारमा रहने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए ।

१० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका उनको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको थियो । धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले कमजोरीका कारण आइतबारदेखि बोलचालसमेत कम गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संस्था रहेको समाजवादी प्रेस संगठन नेपालका अध्यक्षसहितका पदाधिकारी एमाले समर्थित प्रेस

पोखरा, ४ माघ । कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् ।  अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित

काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताएका छन्  । त्रिभुवन विश्वविद्यालय पत्रकारिता

काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न