प्रधानमन्त्री प्रचण्डद्वारा ‘एक्सन रुम’ बाट दुई सडक आयोजनाको अनुगमन

काठमाडौँ, २ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट दुई सडक आयोजनाको अनुगमन गरेका छन् ।

उनले सोमबार अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल सडक र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गरिरहेको मुख्य सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

लामो समयदेखि निर्माणाधीन रहेको दुवै सडक आयोजना ठेकदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न भएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदारलाई पटकपटक चेतावनी समेत दिँदै आएको छ । डेढदेखि दुई घण्टा लाग्ने नारायणघाट बुटवलको बाटो अहिले चारदेखि पाँच घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता छ । मुग्लीनदेखि पोखरासम्मको साँघुर बाटो बिस्तार गर्ने योजनाको काममा पनि ढिलासुस्ती हुँदै आएको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुग्दै आएको छ । 

सर्वसाधारणको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले एक्सन रुमबाट अनुगमन गरेका हुन् । अनुगमनका क्रममा रुममा प्रधानमन्त्रीसँगै मुख्य सचिव अर्याल, प्रधानमन्त्री कार्यालयकै सचिवहरु, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशव कुमार शर्मा सडक विभागका प्रमुख शुशीलबाबु ढकाल उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।