परिसूचक नेप्से ३८ अंकले बढ्यो

काठमाडौँ, २ पौष । आज सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो ।

सोमबार कुल १६५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिनसम्म हाइड्रोपावर समूहमा आकर्षण देखिएकोमा यस दिन माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ५.५ प्रतिशत बढ्यो । त्यसतै बैंकिङ २.०, विकास बैंक १.८, फाइनान्स २.५, होटल तथा पर्यटन ३.२, लगानी ३.१, उत्पादन २.८, अन्य १.६ र ब्यापार समूह ०.८ प्रतिशतले घट्यो ।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, सूर्याज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त, धौलागिरी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । धेरै मूल्य घट्ने कम्पनीमा हाइड्रोपावर समूहका कम्पनीहरु अगाडि रहे । हिमालयन पावर पार्टनरको ७.८, दोल्ती पावरको ६.५, अपर स्याङ्गेको ५.३, मोदी इनर्जीको ४.६ र माइखोला हाइड्रोपावरको ४.३ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने