राष्ट्र बैंकले १४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै

काठमाडौँ, २ पौष  । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २ गते अर्थात मंगलबार जारी गर्नेगरी २८ दिने र १८२ दिने गरी कूल १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनेका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनेका लागि ६ अर्ब ३३ करोड रुपैयाँ नवीकरण गरिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने