पोखरा, २ पौष । आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई तिर फर्किएका छन् । एकाथरीले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् । यही विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् ।