१८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाए

काठमाडौँ, २ पौष  । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पौष महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ ।

हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन् । प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुवैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ ।

व्यक्तिगत मुद्दतितर्फ एनआईसी एसियाले ब्याजदर घटाएर ८ दशमलव ६७ प्रतिशत पुर्याएको छ । एनएमबिको ब्याजदर ९ प्रतिशत, नबिल बैंकको ब्याजदर ८ दशमलव ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशत र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ९ दशमलव ५ प्रतिशत कायम भएको छ ।

त्यस्तै, ग्लोबल आईएमईको ब्याजदर ८ दशमलव ६ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ब्याजदर ८ दशमलव  ६०३ प्रतिशत कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८ दशमलव ५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९ दशमलव ०१२ प्रतिशत, एभरेस्टको ८ प्रतिशत, नेपाल एसबीआई बैंकको ९ दशमलव  ६ प्रतिशत, सिटिजन्सको ९ दशमलव ३५ प्रतिशत, कुमारीको ९ दशमलव ३१ प्रतिशत र लक्ष्मी सनराइजको ९ प्रतिशत कायम भएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको ब्याजदर ९ दशमलव २५ प्रतिशत, प्राइमको १० प्रतिशत र माछापुच्छ्रे बैंकको ब्याजदर ९ दशमलव ६ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

काठमाडौँ, ६ माघ । भीम रावलका पक्षमा खुलेका दुई नेतालाई नेकपा (एमाले) कैलाली जिल्ला कमिटीले कारबाही गरेको छ । एमाले जिल्ला कमिटी

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणप्रति घोर

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने