डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश

काठमाडौँ, २ पौष । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त मुद्दामा सरकारी पक्षका साक्षी बुझ्न आदेश गरेको हो । 

आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङसमेतविरुद्ध आरोपपत्र दर्ता गरेको थियो । विभागले तामाङ, उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको हो । यो  मुद्दामा करिब ५ अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको छ । मुद्दा दर्ता गरेको करिब डेढ वर्षपछि विशेष अदालतले साक्षी बुझ्न आदेश गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने